नागरिकको जीवनरक्षा र बेपत्ताको खोजी पहिलो प्राथमिकता : प्रधानमन्त्री शाह « Tikho Kalam
Advertisement
नागरिकको जीवनरक्षा र बेपत्ताको खोजी पहिलो प्राथमिकता : प्रधानमन्त्री शाह – Tikho Kalam

नागरिकको जीवनरक्षा र बेपत्ताको खोजी पहिलो प्राथमिकता : प्रधानमन्त्री शाह

२०८३ भाद्र १४
तीखोकलम

Share Buttons Area

आवश्यकता र प्राथमिकताका आधारमा प्रभावित क्षेत्रमा पठाउने व्यवस्था गरिएको छ ।

 

प्रभावित क्षेत्रमा जेनेरेटर, पोर्टेबल मोबाइल टावर, ब्याट्री, स्वास्थ्य सामग्री, टेन्ट तथा फलाम र ढुंगा काट्ने मेसिनरीलगायत अत्यावश्यक सामग्री हवाई तथा स्थलमार्गबाट पठाइएको छ । विपद् व्यवस्थापनमा प्रयोग हुने फिल्ड अस्पताल सेट ‘भीष्म क्युब’ समेत त्रिशूलीतर्फ पठाइएको छ ।

 

दूरसञ्चार सेवा पुनःस्थापनालाई पनि प्राथमिकतामा राखिएको छ। हालसम्म नेपाल टेलिकमका ३८ र एनसेलका ३२ गरी कम्तीमा ७० वटा टावर तथा साइट बन्द भएको जनाइएको छ । प्राविधिक टोली, जेनेरेटर र ब्याट्री हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पु¥याएर सेवा पुनःस्थापनाको काम भइरहेको छ ।

 

प्रभावित नागरिकलाई तत्काल निःशुल्क सञ्चार सुविधा उपलब्ध गराइएको छ । नेपाल टेलिकमले दैनिक २ जीबी डाटा, ५० एसएमएस तथा निःशुल्क भ्वाइस कल सुविधा दिएको छ भने एनसेलले पनि निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा उपलब्ध गराएको प्रधानमन्त्री शाहले बताएका छन् ।

 

सडक, पुल, खानेपानी, विद्युत् तथा दूरसञ्चारलगायत अत्यावश्यक पूर्वाधार तत्काल सञ्चालनमा ल्याउन सम्बन्धित मन्त्रालय, विभाग र निकायलाई जनशक्ति, उपकरण तथा स्रोत परिचालन गरी क्षति मूल्यांकन र पुनःस्थापनाको काम तीव्र बनाउन निर्देशन दिइएको छ ।

 

नेपाल विद्युत् प्राधिकरणसँगको समन्वयमा ओपीजीडब्लू तथा विद्युत् संरचनाको पुनःस्थापनाको काम अघि बढाइएको छ। उद्धार तथा राहत कार्यमा प्रत्यक्ष सहयोग पुग्ने संरचनालाई प्राथमिकताका साथ सञ्चालनमा ल्याउने काम भइरहेको जनाइएको छ ।

 

प्रभावित क्षेत्रमा इन्धनको अभाव हुन नदिन पनि आवश्यक व्यवस्था गरिएको छ । नुवाकोटका भैरवी, सूर्यमती र पञ्चकन्या आयल स्टोरमा २३ हजार लिटर डिजेल र ६ हजार लिटर पेट्रोल मौज्दात रहेको तथा बिहीबार थप १५ हजार लिटर डिजेल र १५ हजार लिटर पेट्रोल पठाइएकोे छ । हवाई इन्धन ८ हजार लिटर मौज्दात रहेकोमा थप ९ हजार लिटर पठाइएको छ ।

 

प्रभावित क्षेत्रको वास्तविक अवस्था र क्षतिको विवरण संकलन गर्न ड्रोन सर्वेक्षण तथा स्थलगत मूल्यांकन भइरहेको छ । फसेका नागरिक, अवरुद्ध सडक र पहुँचको अवस्था पहिचान गरी उद्धार तथा राहतलाई लक्षित र प्रभावकारी बनाउने काम भइरहेको छ ।

 

सम्भावित थप जोखिमलाई ध्यानमा राख्दै भोटेकोशी र त्रिशूली नदीको बहाव तथा सम्भावित पहिरोलगायत जोखिमको निरन्तर निगरानी भइरहेको छ । रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका जोखिमयुक्त नदी तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।

 

प्रधानमन्त्री शाहले उद्धार तथा राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर परिचालन हुने बताएका छन् । उनले संकटको घडीमा सरकार प्रभावित नागरिकसँगै रहेको उल्लेख गर्दै उद्धार तथा राहतका लागि आवश्यक स्रोत र साधनको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार