१ लाख ७० हजार ऋणीलाई कालोसूचीबाट राहत दिने तयारी, आइटी युवालाई १० लाखसम्म आयकर छुट « Tikho Kalam
Advertisement
१ लाख ७० हजार ऋणीलाई कालोसूचीबाट राहत दिने तयारी, आइटी युवालाई १० लाखसम्म आयकर छुट – Tikho Kalam

१ लाख ७० हजार ऋणीलाई कालोसूचीबाट राहत दिने तयारी, आइटी युवालाई १० लाखसम्म आयकर छुट

२०८३ भाद्र ५
तीखोकलम

Share Buttons Area

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उद्यम बिग्रिएर वा अन्जानवश चेक बाउन्सका कारण कालोसूचीमा परेका करिब १ लाख ७० हजार ऋणीलाई राहत दिने तयारी भइरहेको बताएका छन् ।

बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरेको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा नागरिकका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले अर्थतन्त्र सुधार, कर नीति, युवा उद्यमशीलता र क्रिप्टोकरेन्सी लगायतका विषयमा सरकारको स्पष्ट दृष्टिकोण प्रस्तुत गरेका हुन् ।

अर्थमन्त्री वाग्लेले बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा परेका नागरिकलाई कानुनको परिधिभित्र रहेर राहत दिने प्रक्रिया अघि बढेको जानकारी दिए । नवनियुक्त डेपुटी गभर्नर दीर्घ रावललाई समेत आफूले यसै विषयमा पहिलो निर्देशन दिएको उनले बताए ।

उनले भने, ‘राष्ट्र बैंकसँग हुने मेरा तमाम छलफलहरुमा अहिले करिब १ लाख ७० हजार जति नेपाली दाजुभाइ दिदीबहिनीहरु उद्यम गर्दागर्दै बिग्रेर वा चेक बाउन्स भएर अप्ठ्यारो परिबन्धमा पर्नुभएको छ । यसलाई फुकाउनतिर हामीले पहल थालेका छौं। मैले नवनियुक्त डेपुटी गभर्नरलाई पनि पहिलो प्राथमिकता नै यो ब्ल्याकलिस्टको दुश्चक्रबाट अन्जानले फसेका नागरिकलाई कसरी राहत दिन सकिन्छ, यसमा द्रुत गतिमा काम गर्न निर्देशन दिएको छु ।’

सम्बन्धित समाचार