युवाले गाउँ छाडे, बहुउपयोगी जडिबुटी चिराइतो खेतीप्रति मोह घट्यो « Tikho Kalam
Advertisement
युवाले गाउँ छाडे, बहुउपयोगी जडिबुटी चिराइतो खेतीप्रति मोह घट्यो – Tikho Kalam

युवाले गाउँ छाडे, बहुउपयोगी जडिबुटी चिराइतो खेतीप्रति मोह घट्यो

२०८३ आश्विन १५
१०
तीखोकलम

Share Buttons Area

ताप्लेजुङ । ताप्लेजुङ जिल्लामा नगदेबालीका रूपमा रहेको चिराइतो खेती विस्तारै किसानको रोजाइबाट बाहिरिन थालेको छ । बजार मूल्यमा हुने निरन्तर उतारचढाव, वन फँडानीसम्बन्धी कडाइ, उत्पादन लागत वृद्धि, श्रमिक अभाव तथा युवाको वैदेशिक पलायनजस्ता कारणले किसानले चिराइतो खेती छोड्दै अलैँची, अन्य कृषि बाली तथा वैकल्पिक पेशातर्फ आकर्षण देखाउन थालेका छन् ।

मिक्वाखोला गाउँपालिका—५ पापुङका तेन्जिङ शेर्पाले गत वर्ष २० मन चिराइतो उत्पादन गरे । यस वर्ष भने करिब तीन मन(१२०किलो) मात्र चिराइतो संकलन गरेका छन् । संकलन भएको चिराइतो समेत विक्री गरेका छैनन् ।

शेर्पाले विगत लामो समयदेखि चिराइतो खेती गर्दै आएपनि यस वर्षदेखि चिराइतो खेती गर्न छाडेर काठमाडौं बसाई सरेर गइसकेका छन् ।

विगतमा चिराइतो खेती गरेको किसान सोही वडाको सिम्बुक गाउँका २८ वर्षका पाण्डे शेर्पा अहिले चिराइतो खेती गर्न छाडेका छन् । चिराइतो खेती गर्नका लागि बनफडानी गर्नु पर्दछ । पछिल्लो समयमा वन फडानी गर्न रोक लागेसँगै चिराइतो खेती कमी हुन थालेको शेर्पाको भनाई छ ।

सम्बन्धित समाचार