रिसाङमा पहिरोपछि अझै त्रास, दुई सय नागरिक सुरक्षित स्थानमा

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा अविरल वर्षापछि गएको पहिरोका कारण जनजीवन अझै प्रभावित बनेको छ ।
पहिरोमा परी चार जनाको मृत्यु भएपछि जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ । लगातार वर्षा भइरहेकाले बस्तीमा थप पहिरोको जोखिमसमेत कायमै रहेको छ ।
शनिबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण रिसाङ तथा आसपासका क्षेत्रमा पहिरो जाँदा घर तथा टहरा क्षतिग्रस्त भएका छन् । पहिरोमा परी चार जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । घाइतेमध्ये गम्भीर अवस्थाका केहीलाई थप उपचारका लागि कोहलपुर पठाइएको छ ।
पहिरोको उच्च जोखिममा रहेका रिसाङ, फारुला, चिसापानी, झ्यालीखेत डाँडा र राउटेरे डाँडालगायत क्षेत्रका करिब ६० देखि ७० घरपरिवारका १५० देखि २०० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
उनीहरूलाई त्रिभुवन आधारभूत विद्यालयको भवनमा राखिएको छ । त्यहाँ विस्थापित नागरिकको स्वास्थ्य परीक्षणसमेत भइरहेको छ ।
उद्धार तथा सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालन गरिएको छ । जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमै रहन र थप वर्षा तथा पहिरोको जोखिमलाई ध्यान दिँदै सावधानी अपनाउन आग्रह गरिएको छ ।
यसैबीच, कर्णाली प्रदेश सरकारले पहिरो प्रभावितका लागि राहत सामग्री पठाएको छ । प्रदेश सरकारले १५० थान त्रिपाल, १८५ थान ब्ल्याङ्केट, ५० किलो चिउरा, चार क्विन्टल चामल, २० सेट टेन्ट, दुई रोल कालो प्लास्टिक र दुई रोल पिफम पठाएको जनाएको छ ।
स्थानीयवासी अहिले तत्काल घर फर्किने अवस्थाभन्दा पनि सुरक्षित स्थानमा बसेर वर्षा रोकिएपछि मात्र जोखिमको मूल्यांकन गर्नुपर्ने अवस्थामा छन् । प्रशासन, सुरक्षा निकाय र स्थानीय तहले उद्धार, राहत तथा विस्थापितको व्यवस्थापनलाई प्राथमिकतामा राखेका छन् ।
रिसाङमा अहिलेको मुख्य चुनौती भनेको निरन्तर वर्षाका कारण थप पहिरोको सम्भावना, विस्थापित परिवारको सुरक्षित बसोबास, खाद्यान्न तथा स्वास्थ्य सेवा र क्षतिग्रस्त सडक तथा बाटोको अवस्था हो ।
रिसाङमा बाढी तथा पहिरो प्रभावित स्थानीयवासीलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । चार जनाको ज्यान जाने गरेर आएको बाढी तथा पहिराले १० जना घाइते भएका छन् । दर्जनौ मानिसहरु घर छाडेर खुल्ला आकाशमा विद्यालयमा आश्रय लिइरहेका छन् ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटको आयोजनामा तथा कर्णाली प्रदेश प्रहरी अस्पताल, सुर्खेतको समन्वयमा सोमबार विहानदेखि त्रिभुवन आधारभूत विद्यालयको प्राङ्गणमा स्वास्थ्य शिविर सञ्चालन गरिएको
